मेयर मण्डलद्वारा दलान शिलान्यास

समाचार

महोत्तरी, २१ मंसिर । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिका–१ सानो धिरापुरमा खत्वे जातिको सार्वजनिक दलानको मंगलबार शिलान्यास गरेका छन् ।

मटिहानी नगरपालिकाको नगरस्तरिय योजनाअन्तर्गत करिव १२ लाखको लागतमा सो सार्वजनिक दलान निर्माण नगरपालिकाले जनाएको छ ।

शिलान्यास कार्यक्रममा मटिहानी न.पा.वडा नम्बर १ का वडाध्यक्ष शिवशंकर राय, वडा सदस्यहरु किसुन सहनी, कुलेश्वर दास, स्थानीयहरु हरिचन्द्र साह, इन्द्रजीत साह, अब्बास अन्सारी, वैधनाथ मण्डल खत्वे, प्राविधिक विमलेश साह, दिनेश साह, अनिल साहलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ