मोटरसाइकल चोरी अभियोगमा किशोर पक्राउ

समाचार

पर्सा, २१ मंसिर । वीरगञ्जस्थित जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिजको ना.१६ प ६८२५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

विरगंज महानगरपालिका–१८ ठेगाना भएका १८ वर्षीय किशोरलाई सोही महानगरपालिका–१५ लक्ष्मणवा चोकबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सोही महानगरपालिका–१८ अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडि पार्किङ गरी राखेको अवस्थामा मंसिर १४ गते चोरी भएको उक्त मोटरसाइकल खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त चोरी मोटरसाइकल नम्बर प्लेट हटाई चलाइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनीउपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ