ओमिक्रोन भित्रिन नदिन सीमामा उच्च सतर्कता

समाचार

रुपन्देही, २१ मंसिर । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रिन नदिनका लागिा रुपन्देहीको सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।

भारतमा ओमिक्रोन भित्रिनुका साथै नेपालमा पनि दुई जना संक्रमित फेला परेकोले रोकथान तथा नियन्त्रणका लागि जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको हो ।

जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको छ । 

विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ ।

बेलहिया नाकाबाट भारतलगायत, अष्ट्रेलिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् ।

सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गर्न निर्देशन दिइएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ