काठमाडौं, २२ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विवाह पञ्चमी महामहोत्सवको अवसरमा मिथिलावासीसहित सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
नेता मिश्रले विवाह पञ्चमी माहमहोत्सव नेपाल–भारत सांस्कृतिक सम्बन्धको सेतुको रुपमा रहेको बताउँदै नेपाल–भारत सांस्कृतिक सम्बन्ध प्रगाढकर्ताहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले कोभिडको जोखिम कायमै रहेकोले सतर्कताका साथ विवाहपञ्चमी महोत्सवमा सहभागिता जनाउन श्रद्धालुहरुमा आग्रहसमेत गरेका छन् ।
त्रेतायुगमा अयोध्याबाट राम प्राचीन मिथिला राज्यको राजधानी जनकपुरधाम आएर वैदिक सनातन हिन्दू संस्कृतिअनुसार राजकुमारी सीतालाई विवाह गरेको मंसिर शुक्ल पञ्चमीको आजको ऐतिहासिक एवं सांस्कृतिक महत्वको विशेष दिनलाई विवाह पञ्चमी पर्वले चिनिन्छ ।
तपाईको प्रतिक्रिया