फलामको जालीमा च्यापिएर युवकको मृत्यु

समाचार

रुपन्देही, २२ मंसिर । सिद्धार्थनगर नगरपालिका–४ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माटो/मिस्कट चाल्ने फलामको जालीमा च्यापिएर एक युवकको मृत्यु भएको छ ।

सोही विमानस्थलमा काम गर्ने अर्घाखाँची पाडेनी गाउँपालिका–३ बस्ने २४ वर्षीय अमृत आर्यालको मंगलबार दिउँसो मृत्यु भएको छ । 

अचानक उक्त जाली पल्टिएर आर्याललाई च्याप्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ