ब्राउनसुगरसहित एक जना पक्राउ

समाचार

बाँके, २२ मंसिर । नेपालगञ्ज उपमहानगरपालिका–१२ रंगशाला अगाडिबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

सोही उपमहानगरपालिका–१८ कारकादो बस्ने कृष्ण घर्ती क्षेत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा कृष्णको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ