कांग्रेस महाधिवेशनमा प्रदेश २ बाट ७०५ प्रतिनिधि

समाचार

काठमाडौं, २३ मंसिर । प्रदेश २ बाट नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

प्रदेश २ काँग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्ला समेत हो । निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार सप्तरीका ४ वटा निर्वाचन क्षेत्रबाट १०४ प्रतिनिधि सहभागी हुनेछन् भने सिराहाको ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि सहभागी हुनेछन् ।

धनुषाबाट १०४ जना मतदाताको सहभागिता रहने छ भने  महोत्तरीबाट पनि १०४ जनाकै सहभागिता रहनेछ । यस्तै रौतहटबाट ८१, बाराबाट १०४ र पर्साबाट १०३ जना प्रतिनिधि चयन भएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ मा सुरुदेखि नै विभिन्न जिल्लामा अधिवेशन गर्नेसम्बन्धमा विवाद रहेको थियो भने विवादकै कारण प्रदेश अधिवेशन समेत स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ