पर्सामा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोप 

समाचार

वीरगन्ज, २३ मंसिर । ‘हाम्रो खोप हाम्रो सुरक्षा, खोप लगाऊँ, सुरक्षित बनौं’ नारासहित पर्सामा १८ वर्षमाथि उमेर समूहका व्यक्तिका लागि खोप अभियान सञ्चालन भएको छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थामा मंसिरदेखि सुरु भएको अभियान मंसिर २४सम्म जारी रहेनेछ । 

कोभिड १९ विरुद्धको खोप लिन छुटेका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन खोप समन्वय समितिले आह्वान गरेको छ ।

स्वास्थ्य संस्था बाहेक वीरगन्ज बसपार्क यात्री प्रतिक्षालय र घन्टाघरको प्रहरी बिटमासमेत खोप केन्द्र राखिएको स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

खोप समन्वय समितिका अनुसार २०७८ साउनयता ७ पटक खोप अभियान सञ्चालन भइसकेका छन् । पर्सामा हालसम्म १ लाख ३२ हजार १२८ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छने् ।

जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको संख्या ४ लाख ४५ हजार ३६८ रहेको छ । जिल्लामा हालसम्म ३० प्रतिशतले मात्रै खोप लगाएका छन् ।

जिल्ला खोप समन्वय समितिले पुस मसान्तभित्र दुईतिहाइ नागरिक अर्थात् ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ ।

जिल्लाको स्थानीय तहको सहकार्यमा सबै स्वास्थ्य संस्था तथा आवश्यकताको आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी हाल ४ सय ७५ जना स्वास्थ्यकर्मी स्वयंसेवक तथा ७ सय ६५ जना सामुदायिक महिला स्वयंसेविका सहितको टिम परिचालन गरी १ सय २९ खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ