काठमाडौं, २३ मंसिर । भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत अन्त्येष्टिमा सहभागी हुन नेपाली सेनाका तर्फबाट बलाधिकृत रथी बालकृष्ण कार्की भारत जाने भएका छन् ।
रावतको शुक्रबार भारतको नयाँ दिल्लीमा अन्त्येष्टि गरिने भएको छ । नेपाली सेनाका अनुसार रावतको अन्तिम सम्मानमा सहभागी हुन नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी कार्की त्यहाँ जान लागेका हुन् ।
भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा विपीन राउत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया