काठमाडौं, २४ मंसिर । भारतीय जनता पार्टीका नेता हर्षवद्र्धनले नेपाल र भारतबीचको सम्बन्ध अलौकिक रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । हर्षवद्र्धनले नेपाल–भारत सम्बन्ध अलौकिक रहेको चर्चा गर्दै भने, ‘कोरोना रोकथाममा पनि भारतले सहायता प्रदान ग¥यो । नेपाल र भारत सम्बन्ध प्रगाढ छ ।’
उनले एउटै मञ्चमा यतिधेरै प्रधानमन्त्री पहिलोपटक देखेको बताएका छन् ।
नेपाली कांग्रेसलाई शुभकामना दिन सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालतिर इसारा गर्दै उनले आफूले कहिले पनि यस्तो नदेखेको बताए ।
त्यस्तै उनले एउटा पार्टीको कार्यक्रममा सबै पार्टीका प्रमुख नेताहरू उपस्थित हुनु पनि आफ्ना लागि नयाँ विषय भएको बताए । उनले एउटै मञ्चमा यतिधेरै प्रधानमन्त्री हुनु नेपाली राजनीतिक दलहरुको संस्कार भएको भन्दै को प्रशंसा गरे ।
उनले यस्तो संस्कार संसारमा कतै पनि नदेखिएको बताए । ‘नेपालमा एकै पटक धेरै प्रधानमन्त्रीहरुलाई मञ्चमा देख्दा खुसी लागेको छ । एउटै मञ्चमा यति धेरै पूर्व–प्रधानमन्त्रीहरु भारतमा पनि देखेको छैन,’ उनले भने, ‘दुनियाँमा उदाहरण रहेको छैन । यो सबै विचारधाराको मानिसको अटाउनु सकेको छ । राजनीति सानो छातीले हुन सक्दैन ।’
तपाईको प्रतिक्रिया