मधेश आन्दोलनका बेला भएका सहमति कार्यान्वयन गर्न उपेन्द्र यादवको आग्रह

समाचार

काठमाडौं, २४ कांग्रेस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका बेला भएका सहमतिहरु कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगतमा मधेश आन्दोलनका बेला भएका सहमति कार्यान्वयन गर्न अब ढिला गर्न नहुनेमा जोड दिएका हुन् ।

साथै उनले संविधान संशोधनका लागि जोड दिएका छन् । उनले समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा पनि व्यक्त गरेका छन् । 

यादवले जनतामा व्याप्त असमानता, बेरोजगारी, अशिक्षालाई समाप्त गर्दै सबै खाले शोषण, उत्पीडन अन्त्य गर्नुपर्ने खाँचो औँल्याए ।

उनले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने पनि प्रस्ट पारे ।

विगतका कमी कमजोरी हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योलयतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ । यादवले निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नुपर्ने प्रस्ताव गरे ।

उनले भने, ‘लोकतन्त्रका लागि फेरि जनताले आन्दोलन नगर्न संधिवानलाई अविलम्ब संशोधन गर्नुपर्छ । निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ