काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार मनोनयन दर्ताको कार्यक्रमअन्तर्गत मनोनयनस्थल राष्ट्रियसभा गृह पुगेर उनले कांग्रेसको केन्द्रीय समितिको सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका हुन् ।
सभापतिमा उम्मेद्वारी दर्तापश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी निर्वाचनबाट कांग्रेसलाई एकमानाको सरकार बनाउने गरी विजय बनाउनका लागि आफूले उम्मेद्वारी दर्ता गराएको बताएका हुन् ।
तपाईको प्रतिक्रिया