काठमाडौं, २६ मंसिर । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय राजदूतावासले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रम आयोजना गरेको छ ।
उक्त महोत्सवमा भारतीय सुप्रसिद्घ सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी भइरहेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उक्त ‘फ्लेभर्स अफ कश्मीर’ महोत्सवको उद्घाटन गरेका थिए ।
फुड फेस्टिभल काठमाडौंको ठमेलस्थित होटेल एलोफ्टमा मंसिर २४ देखि पौष ४ सम्म चल्नेछ । भारतमा मात्र नभई विश्वभर ‘पृथ्वीमा स्वर्ग’ नामले परिचित कश्मीर प्राकृतिक छटाले मात्र भरिपूर्ण नभइ खानाको परिकारको लागि पनि परिचित छ ।
रमाइलो स्वादिष्ट परिकारहरूको विस्तृत प्रसारमा समावेश छ– कश्मीरी पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदि ।
भारतको ७५औं स्वतन्त्र वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको भारतीय राजदूतावासले जनाएको छ । यो कार्यक्रम आजादीका अमृत महोत्सव इण्डियन फुड फेस्टिभल श्रृंखलाको शुरुवात पनि हो ।
उद्घाटन समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूद्वारा कश्मीरको समृद्ध सम्पदा झल्काउने साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
तपाईको प्रतिक्रिया