इमरान खान, कपिलवस्तु, २६ मंसिर । नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि रहेका अकिल मियाँले मुस्लिमतर्फ पौडेल समूहबाट चुनाव लडने गरी प्रचारप्रसार अघि बढाएका छन् ।
सानै उमेरबाट राजनीति सुरु गरेका अकिल मियाँ अहिले नेपाली कांग्रेसको अति नै चर्चामा रहेका छन् । जनता र पार्टीको मन जित्दै काग्रेस पार्टीको यात्रा सुखद नै रहेको छ । अरुभन्दा पार्टीमा बलिया व्यक्तिको रुपमा अकिल मियाँलाई चिनिन्छन् ।
पौडेल निकट मानिने मियाँले अहिले मुस्लिम तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएका छन् ।
युवाहरुको ढुकढुकी एवं लोकप्रिय नेताको रुपमा परिचित मियाँले कांग्रेसमा युवालाई अवसर दिँदै पार्टी बलियो बनाउनुपर्ने बताउँछन् ।
कपिलवस्तुको कृष्णनगर निवासी अकिल मियालाई नेता तथा कार्यक्रताले आफुलाई अत्याधिक मत सहित विजयी बनाउने विश्वास छ ।
गुट उपगुट अन्त्यसँगै एउटा सिंगो कांग्रेस पार्टी निर्माण गर्न आफुले उम्मेदवारी दिएको बताउँदै जिताउन सबै महाअधिवेशन प्रतिनिधिहरुसँग अपिल समेत गरेका छन् ।
लामो समयदेखि कपिलवस्तु लगायत अन्य जिल्लाका नेता कार्यकर्तासँग राम्रो सम्बन्ध बनाएका मियाँले देशमा कांग्रेस एजेण्डाहरु स्थापित गराउँदै आगामी निर्वाचनमा होमिनुपर्ने बताए ।
प्रभावशाली नेता मियाँको उम्मेदवारी हुने भएपछि जिल्लावासीलगायत नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरु उत्साहित भएका छन् ।
तपाईको प्रतिक्रिया