जनकपुरधाम, २६ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल स्वास्थ्य अनुसन्धान परिष्द इकाइ कार्यालयको उद्घाटन गरेका छन् ।
धनुषाको सपहीस्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषद्को भवनसहित कार्यालयको मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले प्रदेशमा अनुसन्धान परिषदको इकाई कार्यालय स्थापनाहुनुु स्वागत योग्य रहेको बताए ।
परिषद्ले समय समयमा देखा पर्ने रोगहरुको अनुसन्धान गर्दै उपचारमा सहयोग पु¥याउने विश्वाससमेत उनले व्यक्त गर्दै परिषद्लाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहने प्रतिवद्धता पनि व्यक्त गरे ।
परिषद्का अध्यक्ष प्रा. डा. गेहनाथ बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, प्रदेशसभा सदस्य राम अशिष यादव, स्वास्थ्य निर्देशनालय प्रमुख विजय कुमार झा, प्रादेशिक अस्पतालका प्रमुख डा. प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष विन्देश्वर यादवसहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया