लोसपाको प्रदेश र जिल्ला अध्यक्ष चयनप्रति असन्तुष्टि

समाचार

काठमाडौं, २७ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश र जिल्ला अध्यक्ष चयनप्रति नेता कार्यकर्ताहरुले असन्तुष्टि पोखिरहेका छन् ।

खासगरी लोसपाको प्रदेश नं. २ को अध्यक्ष र धनुषा जिल्ला अध्यक्षको चयनप्रति नेताहरु असन्तुष्टि जनाइरहेका छन् ।

अध्यक्ष महन्थ ठाकुरले लोसपालाई तमलोपा ठानी आफू निकटका नेताहरुलाई मात्रै प्राथमिकता दिइरहेको गुनासाहरु सामाजिक सञ्जालमार्फत पोखिरहेका छन् ।

जसपाबाट अलग भई लोसपा गठन भएको अहिले ६ महिना मात्रै पुग्दैछ । गठन भएको छोटो अवधिमा लोसपामा विवाद उत्पन्न भएको छ ।

प्रदेश नं. २ को अध्यक्षमा जितेन्द्र सोनलाई चयन गरिएको छ । सोनलको चयनप्रति नेताहरु बढी असन्तुष्ट देखिएका छन् ।

पार्टीभित्र एक व्यक्ति एक पदको कुरा चलिरहँदा सोनललाई बढी प्राथमिकता दिँदा नेताहरुमा अध्यक्ष ठाकुरप्रति सशंय उत्पन्न हुन थालेका छन् ।

सोनल लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य, प्रदेश नं.२ को संसदीय दलको नेता र अहिले प्रदेश अध्यक्षमा चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ