कांग्रेसको रूपान्तरणका लागि सधैं अग्रसर रहने नेतृत्वलाई विजयी गराओस् : विमलेन्द्र निधि

समाचार

काठमाडौं, २७ मंसिर । नेपाली कांंग्रेसको १४औं महाधिवेशनका सभापति उम्मेद्वार विमलेन्द्र निधिले कांग्रेसको रुपान्तरणका लागि सधैं अग्रसर रहने नेतृत्वलाई विजयी गराउन अपिल गरेका छन् ।

निधिले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘आज चुनावमार्फत मत अभिव्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरू नेपाली कांग्रेसको रूपान्तरण प्रक्रियामा आफूलाई समाहित गर्दै हुनुहुन्छ । यहाँहरूको विवेकपूर्ण मूल्यांकनका आधारमा चुनिने नेतृत्वले नै पार्टी र देशको गति–दिशा तय गर्ने हो ।’

‘यसमा महाधिवेशन प्रतिनिधिहरू सचेत हुनुहुन्छ भन्नेमा म पूर्णतः विश्वस्त छु । पार्टी रूपान्तरणका लागि मैले उठाएका मुद्दा र विचारसँग पनि आदरणीय महाधिवेशन प्रतिनिधिहरू अवगत नै हुनुहुन्छ। सभापति पदमा मलाई यहाँहरूले गरेको मतदान नै मैले उठाउँदै आएको विचार र मुद्दाप्रति यहाँहरूको समर्थन हो भन्ने मैले बुझेको छु ।’ 

निधिले तमार्फत आफूप्रतिको समर्थन जाहेर गर्ने विश्वास व्यक्त गर्दै १४औं महाधिवेशनले नेपाली कांग्रेसको रूपान्तरणका लागि सधैं अग्रसर रहने नेतृत्वलाई विजयी गराओस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ