नेपालगन्जमा ब्राउनसुगरसहित युवक पक्राउ

समाचार

बाँके, २७ मंसिर । नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट ९ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका–१६ बस्ने २३ वर्षीय तैयब अलि अन्सारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

भे.५ प ९१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ