किशोरीलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ          

समाचार

पर्सा, २७ मंसिर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प –२ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

सिंहले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई शुक्रबार वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित आप्नै कोठामा लगेर पटक–पटक करणी गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट  ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ