विराटनगर, २७ मंसिर । जिल्लाको छुट्टाछुट्टै दुई ठाउँमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बा.२० च २१६२ नम्बरको स्कारपियो र प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका–६ बस्ने ३४ वर्षीय शंकर पोखरेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पथरी अस्पताल पथरीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, बुढिगंगा गाउँपालिका–१ गंगा चोकमा प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ४० वर्षीय दिनेश पटेलको आइतबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया