नालामा डुबेर एक वर्षीया बालिकाको मृत्यु

समाचार

रौतहट, २७ मंसिर । गरुडा नगरपालिका–५ शिवनगरमा घर अगाडिको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने राम प्रवेश महतोकी छोरी १ वर्षीया दिपिका कुमारी महतो आफ्नै घर अगाडिको नालामा डुबेर आइतबार साँझ मृत्यु भएको छ । 

घर अगाडि खेल्ने क्रममा नालामा डुबेर गम्भीर घाइते भएकी उनको झाझपुलस्थित ग्राण्डी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ