इमरान खान, कपिलवस्तु, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो ।
समितिको सोमबार ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गरेको छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने छन् ।
कपिलवस्तुबाट नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा १७ प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवं लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी राज्य मन्त्री सुष्मा यादवले जानकारी दिइन् ।
मन्त्री सुष्मा यादव सहित रुद्रलाल बन्जाडे, रामचन्द्र शाहा(बिष्णु), सत्यनारायण त्रीपाठी, सुकै थारु, अर्जुन प्रसाद सापकोटा, बिजय प्रकाश जैसवाल, करम बहादुर यादव, जनि बन्जाडे, कमला भुसाल, विमला दहित, उमा बि.क, रण बहादुर परियार, धन बहादुर यादव, नारायण प्रसाद भुसाल गरि मुस्लिम समुदाय बाट, मौलाना मशहूद खां नेपाली, हजरत अलि मुसलमान प्रतिनिधि छनौटमा परेका हुन् ।
तपाईको प्रतिक्रिया