कैलाली, २८ मंसिर । धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।
उनलाई १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका–१ स्थित जिल्ला कारागार कैलालीमा रहेको लागूऔषध मुद्दाका बन्दीलाई भेट्न आएको अवस्थामा उनलाई कारागार गेटमा प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया