काठमाडौं, २८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश र जिल्ला अध्यक्ष तथा पर्यवेक्षक चयनमा पार्टीभित्र कुनै विवाद वा असन्तुष्टि रहेको नेता डा.सुरेन्द्र झाले बताएका छन् ।
उनले पार्टीका शीर्ष नेताहरुले सुझबुझका साथ नै प्रदेश नं. २ को अध्यक्ष, जिल्ला अध्यक्ष र पर्यवेक्षकहरु चयन गरेका बताएका छन् ।
‘लोकतान्त्रिक पार्टीभित्र विचारको बहस हुनु स्वाभाविक छ । यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई दर्साउँछ ।’ उनले भने, ‘फाटफुटरुपमा कसै–कसैले सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि व्यक्त गर्नुभएको होला, तर विवाद नै होइन ।’
मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा नेता डा.झालाई सोधिएको एक प्रश्नमा भने, ‘जितेन्द्र सोनललाई लक्षित गरेर कतिपयले प्रश्न उठाउनुभएको छ । तर यसमा असन्तुष्टि व्यक्त गर्नुपर्ने कुनै कारण छैन । उहाँ प्रदेश अध्यक्षका लागि योग्य र प्रदेश हाँक्नसक्ने क्षमता राख्नुहुन्छ ।’
उनले भने, ‘जुन साथीलाई लागेको छ कि हामीले कुनै जिम्मेवारी दिइएन उहाँलाई भन्न चाहन्छु कि पार्टी अहिले आफ्नो समितिहरु समायोजनकै प्रक्रियामा छ । सबैले सम्मानजनक भूमिका पाउनुहुनेछ । पार्टीले सबैको असन्तुष्टिलाई सम्बोधन गर्नेछ ।’
अडियो लिंक
तपाईको प्रतिक्रिया