रुपन्देही, २८ मंसिर । मर्चवारी गाउँपालिका–३ बिचौवापुरस्थित जन कल्याण प्राविबाट करिब ३ लाख २० हजार रुपैयाँ मूल्य बराबरका ४ वटा ल्यापटप चोरी भएको छ ।
राष्ट्रिय परिचयपत्र दर्ता शिविरका कर्मचारीहरुले कामकाज सकेर सोमबार साँझ स्कुलको ढोका बन्द गरी गएकोमा आइतबार बिहान उक्त ल्यापटपहरू चोरी भएको थियो ।
ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया