शिक्षा र स्वास्थ्य अझै पनि आमजनताको पहुँच बाहिर : पूर्वउपप्रधानमन्त्री यादव

समाचार

महोत्तरी, २८ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै पनि आमजनताको पहुँच बाहिर रहेको बताएका छन् ।

महोत्तरीको रामगोपालपुर नपा ९ स्थित जानकी एकेडेमिक हस्पिटल प्रा.लि. को उद्घाटन गर्दै अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको यस भागका जनतालाई सुलभ र विश्वसनीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका हुन् । 

सरकारले समेट्न नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुँचको चाहना पूरा गर्नेमा आफू बिस्वश्त रहेको उनको कथन थियो ।  

कार्यक्रमका विशिस्ट अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले २०० बेडको यो अस्पतालले यस भेगको जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्बसुलभ बनाउन सुझाव दिए ।

अस्पतालका संचालक समेत रहेका पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अध्यक्षता भएको कार्यक्रममा जसपा नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद रामबाबु यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, सामाजिक विकासमन्त्री नवल किशोर साह, पूर्वकृषिमन्त्री हरिनारायण यादव, प्रदेश सदस्य कौशल यादव, संजय यादव लगायतका विभिन्न पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ