जनकपुरधाम, २९ मंसिर । लामोदेखि बन्द रहेको प्रदेश नं. २ को प्रदेशसभा आज बुधबारदेखि सुरु हुँदैछ । प्रदेशसभाको यो आठौं अधिवेशन हो ।
प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भनिएको छ । तर यो आजको बैठक औपचारिकतामै सीमित हुने सांसदहरु बताउँछन् ।
प्रदेशसभाले पहिलो प्राथमिकतामा गर्नुपर्ने कामहरु नामाकरण र स्थायी राजधानी अहिलेसम्म टुंगो लगाउन सकेको छैन ।
प्रदेशसभाको यो अन्तिम वर्ष पनि हो । बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ ।
तर, प्रदेश नं. २ को सत्ता साझेदार नेपाली कांग्रेसका सांसदहरु भर्खर महाधिवेशन सम्पन्न गरेका छन् । सांसदहरु काठमाडौंमै छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना पनि छ ।
तपाईको प्रतिक्रिया