वीरगन्जमा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र उद्घाटन

समाचार

वीरगन्ज, २९ मंसिर । वीरगन्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र तयार गरेको छ ।

ग्रिनहाउस हस्पिटल वेष्ट म्यानेजमेन्ट सेन्टरमा वीरगञ्जमा सन्चालित अस्पताल, क्लिनिक र ल्याबबाट निस्किने फोहोर व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

६ करोड २२ लाख रुपैयाँमा तयार पारिएको फोहो व्यवस्थापन केन्द्रको उद्घाटन वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगीले गरेका छन् । 

उद्घाटन गर्दै उनले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि सेन्टर स्थापना गरेर महानगरले ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका हुन् ।

अस्पतालजन्य फोहोरलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने उद्देश्यले सेन्टर तयार गरिएको बताइएको छ । सेन्टरमा टक्सिक (अतिसंक्रामक) फोहोरलाई डिसइन्फेक्सन गरेर ननटक्सिक बनाइन्छ । 

त्यसका लागि ३ सय ५० लिटर क्षमताका द्ुईवटा ‘अटो क्लेभ’मेसिन राखिएको छ । अटो क्लेभ मेसिनले संक्रामक फोहोरलाई डिसइन्फेक्सन गर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ