शहरी विकासमन्त्री झाक्रीलाई मटिहानीमा स्वागत तथा सम्मान

समाचार

महोत्तरी, २९ मंसिर । शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई मटिहानी नगरपालिकामा स्वागत गरिएको छ । मटिहानी नगरपालिका भ्रमणका लागि बुधबार विहान आइपुगेकी झाक्रीलाई स्वागत गरिएको हो ।

भ्रमणको क्रममा मन्त्री झाक्रीले लक्ष्मीनारायण मठ मटिहानीमा दर्शन एवं पूजा गरेकी छन् । साथै उँहाले ऐतिहासिक एवं पौराणिक लक्ष्मीसागर पोखरीको भ्रमण अवलोकन गरिन् । 

उनी मटिहानी आइपुग्दा नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले स्वागत गरेका थिए ।

यसैगरी, उनलाई अतिथि गृहमा मेयर मण्डलले दोसल्ला एवं मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । त्यस क्रममा शहरी विकास मंत्रायलका सचिव मनीराम गेलाललाई समेत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ