जनकपुरधाम, २९ मंसिर । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पनि प्रदेश २ को नाम मधेश प्रदेश राख्न प्रस्ताव गरेको छ ।
बुधबार प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रका सांसद जगत यादवले प्रदेशको नाम ‘मधेश प्रदेश’ राख्न प्रस्ताव गरेका हुन् ।
माओवादी केन्द्रको प्रदेश २ का उपनेतासमेत रहेका यादवले प्रदेशको नामाकरण पहिचानसहितको हुनुपर्ने बताउँदै मधेश नाम राख्न प्रस्ताव गरे ।
उनले शहीदहरुले प्राण त्याग्ने बेलामा पनि ‘मधेश जिन्दावाद, मधेश जिन्दावाद’ भनेको बिर्सन नहुने भन्दै प्रदेशको नाम ‘मधेश’ राख्नुपर्ने बताए ।
साथै, उनले प्रदेशको राजधानी पनि बृहत् जनकपुरधाम हुनपर्नेमा जोड दिए । उनले राजधानी र नामको टुंगो लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि बचाउनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया