नेपालमा एमसीसी भाँड्न चीन पनि छिर्‍यो

समाचार

काठमाडौं, १ पुस । नेपालको संसदबाट एमसीसी पास नगराउन चीनले दबाब दिन सुरु गरेको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले भिडियो वार्ता गरी नेपालको संसदबाट एमसीसी पारित नगराउन दबाब दिएमा हुन ।

उपमन्त्री चाओले नेपालमा संसद् बैठकमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्न आग्रह गरेका थिए । चिनियाँ पक्षले नेपालको आन्तरिक मामिलमा दख्खल गर्दै सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो ।

चीन सरकारका अधिकारीहरूले नेपालका ठूला भनिएका सबै दललाई संसदमा एमसिसी पेस नगर्न दबाब दिएको हो ।

सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल–चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेको हो ।

अमेरिकाले एमसिसी पास नगरे नेपाललाई अन्तर्राष्ट्रिय सहयोग नै रोक्ने चेतावनी दिएको छ । एससिसी उपाध्यक्ष फतिमा सुमारले पनि नेपाल आएका बेला एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी थिइन् ।

पाँच दलीय गठबन्धनबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागीमध्ये माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसिसी संशोधन नगरी पास गर्न नहुने अडानमा छन् । चिनियाँ सरकारको दबाबपछि ती दुई दललाई राहत मिलेको छ भने नेपाली कांग्रेस अलमलमा परेको छ । 

एक नेताका अनुसार चिनियाँ पक्षको दबाबपछि चालु संसद् अधिवेशनमा एमसिसी पेस हुने वा नहुने भन्नेबारे अन्योल बढेको छ ।

एमसिसी परियोजना पाँच सय मिलियन अमेरिकी डलर (करिब ५५ अर्ब रुपैयाँ) को छ । नेपाल सरकारले अमेरिकासँग सन् २०१६ मा सो परियोजनामा हस्ताक्षर गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ