रौतहट, १ पुस । परोहा नगरपालिका–८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् ।
बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रूपैयाँ सहित फेला पारी मोटरसाइकल चालक बिकाश र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया