रूपन्देही, १ पुस । सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवास्थित भित्री सडकमा लु.४३ प १८३३ नम्बरको मोटरसाइकल र ना.१ ह ७५०३ नम्बरको अटो रिक्सा एक–आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–११ सिसवा बस्ने २४ वर्षीय भुजेल अहमदको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भए उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया