बाँके, १ पुस । नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट भारतबाट भन्सार छलि अवैध रूपमा ल्याउँदै गरेको सुर्ति, चिनी, बिडी, हार्डवेयर लगायतका सामान गरी करिब १ लाख ८५ हजार रूपैयाँ बराबरको विभिन्न सामान बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त ठाउँमा जाँच गर्नेक्रममा सामान फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया