विचौलीयामा संलग्न ४ जना पक्राउ         

समाचार

मोरङ, २ पुस । उपचारका लागि आएका सर्वसाधारणलाई आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई विचौलीयाको कार्य गरी सर्वसाधारणलाई दुःख हैरानी दिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका–५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका–१२ बस्ने ३९ वर्षीय शिव कुमार कामत रहेका छन् । 

विराटनगर महानगरपालिका–७ स्थित उपचारका लागि आएका सर्वसाधारणलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई सर्वसाधारणलाई दुःख हैरानी दिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ