बेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न पक्राउ         

समाचार

सुनसरी, २ पुस । इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मिनराज पराजुली रहेका छन् । 

उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको हो ।

उनीहरु उपर  मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ