आगलागीबाट एक करोडभन्दा बढीको क्षति

समाचार

रुपन्देही, २ पुस । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कस्थित टहरामा संचालित पसलहरूमा आगलागी हुँदा करिब १० वटा टहराहरु र टहराको सामानहरु पूर्णरूपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले दमकल, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिएको छ । 

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्र् णमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ