काठमाडौं, २ पुस । जनता समाजवादी पार्टी नेपालले सञ्चालन गरेको चार महिने संगठन सुदृढीकरण जनजागरण (सुज) अभियानलाई जारी राख्ने निर्णय गरेको छ ।
जसपाले गत भाद्रदेखि मंसिरसम्म चारमहिने सुज अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तोकिएको मितिसम्मा सुज अभियानका कार्यक्रम सम्पन्न हुन नसकेकोले अहिले जारी नै रहने अभियानका संयोजक अशोक कुमार राईले जनाएका छन् ।
निर्धारित गरिएका समायोजन, सदस्यता नवीकरण र वार्ड तहसम्मका समितिहरुको निर्माण, प्रशिक्षण, जनपरिचालन तथा निर्वाचन परिणामको आँकलन सम्बन्धी कामहरु बाँकी नै रहेको जनाइएको छ ।
बाँकी रहेका सम्पूर्ण कार्यलाई सम्पन्न गर्ने गरी अर्को निर्णय नआएसम्म सुज अभियानलाई जारी राखिने संयोजक राईले जनाएका छन् ।
तपाईको प्रतिक्रिया