सिरहा, २ पुस । सिरहामा टिपरको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
लहान नगरपालिका वडा नं. ३ स्थित लहान–ठाडी सडकखण्डमा सिरहाको लोकहा ठाडिबाट घरतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिएको हो ।
दुर्घटनामा सप्तरीको बलान विहुल गाउँपालिका वडा नं. २ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक तपन दाहालका अनुसार दुर्घटनामा एक बालक घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया