मधेशी महिला केन्द्रीय सदस्यको मतगणना शनिबार हुने

समाचार

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मधेशी महिला केन्द्रीय सदस्यको मतगणना शनिबार भएको छ ।

४ पदका लागि पाँच जना उम्मेदवार रहेको मधेशी महिला केन्द्रीय सदस्यको मतगणनमा शनिबार मात्रै हुने भएको हो ।

मतगणना शनिबार गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । मतगणना शनिबार बिहान ९ बजेबाट सुरु हुने समितिले जनाएको छ ।

सोमबार सम्पन्न निर्वाचनमा किरण यादव, मञ्जु कुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव उम्मेदवार रहेका छन् । निर्वाचनमा कूल ४६८६ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ