चिसो बढेसँगै दलित समुदायका जेष्ठ नागरिक र महिलालाई फाइबर सिरक वितरण

समाचार

सप्तरी, ३ पुस । चिसो सुरु भएसँगै दलित सरोकार मञ्च नेपालले सप्तरीको कञ्चनरुप नगरपालिकाका दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक वितरण सुरु गरेको छ ।

व्योम कुुुसुमा बुद्ध धर्म संघको सहयोगमा दलित सरोकार मञ्चले शुक्रवार कञ्चनरुप नगरपालिका–३,५ र ९का करिब ५ सय दलित तथा विपन्न जेष्ठ नागरिकहरुलाई फाईवर शिरक वितरण गरेको हो ।

दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नगरपालिका का करिब २ हजार दलित समुुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाईवर शिरक वितरण गर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ