जनकपुरधाम, ३ पुस । जनकपुरधाम उप–महानगरपालिकाका जनप्रतिनिधिबीच पुनः विवाद चर्किएपछि मेयरको सुरक्षामा प्रहरी तैनाथ गर्नुपर्ने परेको छ ।
वडाको योजना परिवर्तन गरेको आरोप लगाउँदै छलफल गर्न उप–महानगरपालिका पुगेका वडाध्यक्ष, उप–मेयर र मेयर लालकिशोर साह पक्षबीच तनाव भएपछि मेयरको सुरक्षामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
उपमेयर रिता मिश्र झा र वडाध्यक्ष र मेयर पक्षबीच पक्षबीच हो–हल्ला भएपछि उप–महानगरपालिकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एक कर्मचारीका अनुसार सुरक्षाकर्मीले नरोकेको भए शुक्रबार मेयर साह र वडाध्यक्षहरु बीच झडप नै हुने अवस्था थियो। विवाद साम्य भएपछि वडाध्यक्षहरु बाहिर निस्किएका थिए ।
आफूखुशी वडाको योजना परिवर्तन गरिदिएको र सो विषयमा छलफल गर्न भनेपछि मेयर साहले बाहिरका मान्छे बोलाएर आक्रमण गराउन खोजेको आरोप वडा ३ का अध्यक्ष दिपेन्द्र साहले आरोप लगाए ।
उनले भने, ‘हामीले अधिकृतलाई राखेर छलफल गर्न भन्यौं । तर मेयर साहले बाहिरका गुण्डा बोलाएर छलफल गर्न भनेपछि विवाद भएको हो ।’
यसअघि जनकपुरधाम उप–महानगरपालिका मेयरको कार्यकक्षमा वडाध्यक्षहरुलाई तालाबन्दी गरिएको थियो। सफाई बिना दुर्गन्धित बनेको जनकपुरधाम उप–महानगरपालिकाको सफाईको कर्मचारीलाई काममा लाग्न आग्रह गर्न गएका वडाध्यक्षलाई दुव्र्यवहार गरेपछि वडाध्यक्षहरु मिलेर मेयरको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
जनकपुरधाम उपमहानगर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का वडाध्यक्ष दीपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह, ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए ।
गठबन्धनमा छलफल पछि मात्र एमसिसीको भविष्य तय हुन्छः माधव नेपाल नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसिसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरे ।
एमसिसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ”, अध्यक्ष नेपालले भने,“सबै पार्टीको विचार आउनुप¥यो ।” उनले सत्ता गठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसिसीबारे निर्णय हुने जिकिर गरे ।
तपाईको प्रतिक्रिया