निजी र सामुदायिक विद्यालयलाई सँगसँगै लानुपर्ने मन्त्री साहको भनाई

समाचार

सप्तरी, ३ पुस । शिक्षाको समुचित विकासका लागि सामुदायिक विद्यालय सरह निजि विद्यालयलाई पनि राज्यले अनुदान दिनुपर्ने प्रदेश २ का सामाजिक सामाजिक विकास मन्त्री नवल किशोर साहले बताएका छन् । 

सप्तरी प्यावसनको १५ औं जिल्ला अधिवेशनको समुदघाटन गर्दै मन्त्री साहले नेपालको वर्तमान शिक्षाको विकासमा अतुलनिय योगदान गर्दै आईरहेकोले राज्यले समान व्यवहार गर्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्री साहले सप्तरी प्यावसन भवनको जग्गा दाता स्व. रविलाल चौधरीको शालिक अनावरण समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ