लोसपा प्रदेश सांसदद्वारा मदरसामा अध्ययनरत् बालबालिकालाई न्यानो वितरण

समाचार

वीरगन्ज, ४ पुस । प्रदेश नं.२ मा यो सातादेखि चिसो निरन्तर रुपमा बढ्दै गइरहेकोलाई लोकतान्त्रिक समाजवादी पार्टीको ध्यान केन्द्रित भएको छ । 

यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद रमेश प्रसाद कुर्मीले आफ्नो संसदीय कोषबाट मदरसा उसमानी गनीमा अध्ययनरत २०० भन्दा बढी बालबालिकाहरुलाई न्यानो कपडा, ज्याकेट वितरण गरेका छन् । 

मदरसा उसमानी गनीका धर्मगुरु मौलाना सगीर साहबलाई लोसपा आबद्ध  नेता तथा महिला नेतृहरुले मदरसामा अध्ययनरत बालबालिकाहरुलाई ज्याकेट र न्यानो कपडा लगाएर बच्चाहरुको हौसला तथा खुशी साटासाट गरेका थिए । 

लोसपा नेपालले चरणबद्ध रुपमा न्यानो कपडा, पैदलयात्री तथा सडक मानवहरुका लागि वीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुमा आगो बाल्नका लागि दाउराको प्रबन्ध मिलाइएको सांसद कुर्मीका स्वकीय सचीव शेख फिरोजले जानकारी दिएका छन् । 

संसदीय कोषबाट वितरण भएको न्यानो कपडा कार्यक्रममा प्रदेश सांसद रमेश प्रसाद कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम झा, केन्द्रीय सदस्य रम्भा मिश्रा, नगर उपाध्यक्ष शेख फिरोज तथा स्थानीय र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ