विराटनगर, ४ पुस । सुनवर्षी नगरपालिका–५ झुङ्गीटोल बस्ने निमेश मण्डलको सोही ठाउँस्थित मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
शनिबार राति आगलागी हुँदा ग्यारेजमा रहेका विभिन्न मेसिन, औजारहरू, बिक्रीका लागि राखिएका मोटरसाइकलका पाटपुर्जाहरु, ५ वटा ममर्तको लागि राखेको मोटरसाइकल, १ वटा स्कुटर र नगद समेत जलेर करिब ५४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया