कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा दुई मधेशी निर्वाचित (कसले कति मत ल्याए ?)

समाचार

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फको ३५ केन्द्रीय सदस्यमा जम्मा दुई जना मधेशी निर्वाचित भएका छन् ।

आइतबार आएको अन्तिम मतपरिणाम अनुसार पदमनारायण चौधरी र गोपाल दहित मात्र निर्वाचित भए । चौधरीले २०३८ र दहितले १७१० मत ल्याई निर्वाचित भएका हुन् ।

खुल्ला केन्द्रीय सदस्यमा डा. शशांक कोइराला सबैभन्दा धेरै मत ३८३६ ल्याएका छन् भने उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाले मत पाएका छन् । 

खुल्ला केन्द्रीय सदस्यमा निर्वाचितहरु

१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत–२४७६
१४. सुनीलबहादुर थापा–२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू–२४४१
१७. डा. रामशरण महत– २४३४
१८. बलबहादुर केसी–२३८८
१९. गोविन्द भट्टराई–२३५०
२०. कुन्दनराज काफ्ले–२२७९
२१. दीपक गिरी–२२६५
२२. सुरेन्द्रराज पाण्डे–२२०१
२३. पद्मनारायण चौधरी–२०३८
२४. राजीव ढुंगाना– १८९६
२५. गुरु बराल–१८७०
२६. सञ्जयकुमार गौतम–१८६७
२७. गोविन्द राज पोखरेल–१८४३
२८. मदनबहादुर अमात्य– १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला –१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य–१७५१
३४. गोपाल दहित–१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ