कांग्रेसको केन्द्रीय सदस्य मधेशी कोटामा उद्योगपति विनोद चौधरीसहित ५ निर्वाचित

समाचार

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेशीतर्फ वरिष्ठ उद्योगपति तथा सांसद विनोद चौधरीसहित पाँच जना निर्वाचित भएका छन् ।

सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

चन्द्रमोहन यादव पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा हुन् । यस्तै, महेन्द्रकुमार राय १९८४ र विनोद चौधरी २२०६ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएका सदस्यहरु चन्द्रमोहन बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ