जनकपुरधाम, ६ पुस । प्रदेश नं. २ को नाम र राजधानीमा समर्थन जुटाउनका लागि जनता समाजवादी पार्टी नेपालले वार्ता र सम्वाद थालेको छ ।
प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जसपाले पहिला सत्तारुढ गठबन्धन दलभित्रै सहमतिका लागि वार्ता र सम्वाद थालेको हो ।
प्रदेश नं.२ को प्रदेशसभामा प्रस्तावित नाम ‘मधेश’ प्रदेश र राजधानी जनकपुरधाम सम्बन्धमा औपचारिक रुपमा अन्य दलका नेताहरुसँग आवश्यक दुई तिहाइ बहुमत जुटाउन सहयोग समर्थन जुटाउन लागिपरेको पूर्वराज्यमन्त्री तथा प्रदेश सांसद सुरेश मण्डलले बताएका छन् ।
सो क्रममा नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता तथा मन्त्री भरत प्रसाद साह र नेकपा (एकीकृत समाजवादी) का संसदीय दलको नेता शत्रुधन महतोसँग पहिलो दिन भेटघाट सम्पन्न भएको मण्डलले जनाएका छन् ।
नाम र राजधानीको विषयमा सत्तारुढ दुवै दलका नेताहरुसँग भएको भेटघाट र वार्ता सुखद र उपलब्धिमुलक रहेको पूर्वराज्यमन्त्री मण्डलले बताएका हुन् ।
तपाईको प्रतिक्रिया