कांग्रेसको प्रदेश २ सभापतिमा रामसरोज र कृष्णको उम्मेद्वारी दर्ता

समाचार

जनकपुरधाम, ६ पुस । नेपाली कांग्रेस प्रदेश नं. २ अधिवेशनअन्तर्गत सभापतिका लागि दुई जनाको उम्मेद्वारी परेको छ ।

कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । 

उनीहरूले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

रामसरोजलाई नेता विमलेन्द्र निधिको समर्थन छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थन छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ