जसपा नेता गुप्ताको नेतृत्वमा ६ हजार बढी एमाले प्रवेश

समाचार

कपिलवस्तु, ६ पुस । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

मंगलबार कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरूलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका छन् ।

नवप्रवेसीहरूलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका हुन् । नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय थियो । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ